लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित

0
216

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

ड्यानी इंग्सले खेलको दोस्रो मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो । प्रिमियर लिगमा इंग्सको यो ५० औँ गोल थियो ।

जितसँगै साउथह्याम्टन अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।उसको १७ खेलमा २९ अंक जोडेको छ ।

शीर्ष स्थानको लिभरपुलको ३३ अंक छ ।