सृजना घिमिरेले जितीन् ‘कंडेल कन्सल्टेन्सी मिस्टर एण्ड मिस टिकटक नेपाल २०२०’ को उपाधी

0
197

‘कंडेल कन्सल्टेन्सी मिस्टर एण्ड मिस टिकटक नेपाल २०२०’ को उपाधी सृजना घिमिरेले जितेकी छिन्। नायिका प्रियंका कार्की, कोरियोग्राफर कविराज गहतराज र कलाकार किरण केसी सहितको निर्णायक मण्डलको मूल्यांकन र दर्शकहरुबाट ४३ हजार भोट प्राप्त गर्दै उनी उपाधी जित्न सफल भएकी हुन्।

प्रतियोगिताको फस्ट रनर अप काजोल नेपाल भएकी छिन् भने पुनम तिरुवा र सम्मान मल्ल श्रेष्ठ सेकेन्ड रनर अप बन्न सफल भएका छन्। कंडेल कन्सलटेन्सिको मूख्य प्रायोजन तथा द जिएमआई र सहि हो इभेन्ट्सको सहकार्यमा ‘कंडेल कन्सल्टेन्सी मिस्टर एण्ड मिस टिकटक नेपाल २०२०’ सम्पन्न भएको हो।

कंडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कंडेलले कोरोना महामारीको बीचमा युवाहरुमा छाइरहेको नैराश्यता कम होस् र उनीहरुमा नयाँ ऊर्जा संगै सबैलाई मनोरन्जन प्राप्त होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको लागि आयोजक संस्थाहरुसंग हातेमालो गरेको बताउनुभएको छ। त्यस्तै, टिकटकमा भुलिरहेको युवापुस्तालाई प्रतियोगिताले गर्दा केही सृजनशील र यो माहामारीमा आशावादी रहन प्रेरित गर्यो भन्नेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ सहि हो इभेन्ट्सका डाइरेक्टर सुजन खरेल।

प्रतियोगिताको फाइनल कार्यक्रममा विजेताहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रमुख अतिथी रहनुभएको थियो।

प्रतियोगितामा प्रथम भएकी सृजना घिमिरेले एउटा फिल्म, २ ओटा म्युजिक भिडियोमा खेल्ने अवसरसहित १ लाख पचास हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । त्यस्तै, फस्ट रनर अपले एउटा म्युजिक भिडियो, एउटा वेब सिरिज खेल्ने मौकासहित १ लाख नगद पुरस्कार प्राप्त गरेकी छिन् भने सेकेन्ड रनर अप दुई जनाले एउटा म्युजिक भिडियोसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

आयोजक द जिएमआईका प्रवन्ध निर्देशक महेश लामिछानेले सहभागी सबै प्रतियोगीलाई धन्यवाद दिंदै पुरस्कार राशीभन्दा पनि सहभागीहरुमा यो प्रतियोगिताले सकारात्मक ऊर्जा ल्याउन सक्नु सबैभन्दा ठूलो उपलब्धि रहेको बताउनुहुन्छ।

प्रतियोगितामा शिर्ष उपाधी बाहेक ८ विधामा उत्कृष्ट ८ प्रतिस्पर्धीलाई पनि पुरस्कृत गरिएको थियो। मनोज बिक बेस्ट डान्सर ( पुरुष तर्फ), शोना घिमिरे बेस्ट डान्सर (महिला तर्फ), रोहित पाण्डे बेस्ट एक्टिङ, जनम परियार वेष्ट पर्फर्मर तथा अर्बिना घिमिरे मल्टिमिडिया अवार्डबाट पुरस्कृत भएका छन् । यस्तै बिनिता कँडेलले कन्फिडेन्ट अवार्ड, आरोही अधिकारीले बेस्ट स्माइल र प्रीतिका अधिकारीले पब्लिक चोइस अवार्ड जितेकी छिन् ।