परदेशीका खुसीहरु समुद्रको छालजस्तै

0
60

जीवन एउटा सङ्घर्षको पथ रहेछ ।जहाँ यात्राका क्रममा अनेकौँ उतारचढाव भोग्नुपर्ने अनेकौँ र दुःखकष्ट झेल्नुपर्ने रहेछ । सपना पूरा गर्न भाँैतारिँदा भौँतारिँदै जीवन अन्त्य हुने रहेछ ।आखिर के हो त जीवन रु के हो त खुसीरु त्यसैको खोजीमा कता कता आफै हराएझँै लाग्छ, वास्तवमा आपूm आपूm नै नभएर अर्के भएजस्तो लाग्छ। जीवनकोपरिभाषाको खोजीमाआफै रनभुल्ल परेको जस्तो लाग्छ ।हुन त कसैले पनि खुसी सपना र जिन्दगीलाई बुझ्न सकेका छैनन्। जसले जस्तो भोग्यो त्यस्तै नै देख्छन् ।

कसैले सुन्दर बगैँचा र कसैले काँडेतारले घेरिएको जेलभित्र फसेजस्तै देख्छन् । मैले मेरो जीवनमा सुख पनि कति भोगँे, दुःख पनि कति भोगेँ तर त्यहीपरदेश र परदेशीको भोगाइ र देखाइमा कति फरक हँुदो रहेछ आज म बुझ्दै छु । सानामा सुन्ने गरेको ‘पढेर होइन परेपछि थाहा हुन्छ सबै’ यो कुरा आज हो जस्तो लाग्दैछ । नमरी त स्वर्ग पनि कहाँ देखिन्छ र म मेरा कैयौँसपनाहरुको यज्ञमा होम गर्दा स्वाहा भनेजस्तै, मनमा सजाउने रहर हँुदा पनि खुट्टाले कुल्चेर हिँडेको छु ।

कहिले आफ्नाकालागि कहिले आपूmलाई माया गर्नेको सपना र चाहनाका लागिकति सपनाहरु बालापनमै टुटेका छन्। कैयौँ सपनाहरु योसमीपमा नपरी हराएका छन् । मान्छेको लक्ष्य एकहोला तर रहरहरु भने अनेकौँ हँुदा रहेछन्। तिनै रहर पूरा गर्न खोज्दा लक्ष्य पूरा नहँुदै बित्दो रहेछ जीवन । एउटा सानो रहरमा ठूलो सपनाको झोला बोकेर परदेश पसेको म, लाग्छ अहिले जिन्दगी अन्धकारको भुमरीभित्र रुमलिएको छु ।माथि पुग्ने बाटाहरु त धेरै छन् तर उकाली चढ्नकै लागि हातले समात्ने लठ्ठाहरु भेटिएका छैनन्।

तनँहुमा जन्मिएको म एस।एल।सि दिएपछि क्याम्पस पढ्नकै लागि सहर पसेको हो । गाउँ छोडेर सहर पस्दा नै सङ्घर्ष गर्नुपर्ने भइसकेको थियो जीवनमा ।जहाँ गाउँ र सहरका बीचको फरक चालचलन र रहनसहनमा रमाउन नै अहसज भइसकेको थियो सुरुवाती अवस्थामा तर सङ्घर्षभित्र सफलता मिल्छ भन्ने आशाका साथ जीवनलाई अगाडि बढाउँदै यहाँसम्म आइपुगेको छु ।
सानैदेखि रेडियोमा बोल्ने निकै रुचि थियो ।

यसै क्रममा पढाइ र रेडियो पत्रकारिताले मलाई रेडियोभित्र बाँधिने अवसर दियो । २०७२ सालदेखि गैँडाकोटको विजय एफएममा काम गर्न सुरु गरेँ । त्यहाँकाम गर्दा सुखदुःखका प्रशस्त अनुभूति छन् । ५ वर्षको दौरानमा दुःखभन्दा पनि सुखको बढ्ता अनुभव गरेको छु । त्यहाँ कार्यक्रम चलाउँदा र समाचार वाचन गर्दाका तीता अनुभवछन् र पनि ती विलीन हुन पुगेका छन् । आपूmले सोचेभन्दा धेरै श्रोताको माया पाएको थिएँ ।

एउटा आफ्नै घरको परिवारजस्तो साथ सपोर्ट गर्ने अनि उत्तिकै माया दिने साथीहरु थिए । सिक्ने अवसर प्रिय रेडियोभित्रका सहकर्मी साथीहरुबाट नै पाएको थिएँ। घरभन्दा धेरै समय बिताउने कार्यस्थल बन्यो मेरा लागि रेडियो। जहाँ रहँदा निकै खुसी लाग्थ्यो ।


सोच्थेँ जिन्दगीको सबैभन्दा ठूलो सपना पूरा भइसक्यो तर मान्छेको सपना एउटामात्रै कहाँ हँुदो रहेछ र हरेक रात अनि दिनैपिच्छे फरक हँुदो रहेछ ।त्यस्तै लक्ष्यमा पनि हरेक दिनमा सोच बदलिँदो रहेछ । यिनै रहरका पोकाहरुले फेरि बदल्दिएको छ । मलाई परदेसिन बाध्य बनाएको छ । बाहिरबाट जति सुन्दर देखिन्छ नि त्यो समुद्रपारिको देश साँचै उस्तै यहाँभित्र कहाँ रहेछ ररुके दिन, के रात, के घाम, के पानी,कुन चाडपर्व, को आफन्तयो सबै भन्न नपाउने एउटा अन्धकारभित्र बाहिरमात्रै रङ्गीन देखिने एउटा बिरानो ठाउँ रहेछ परदेश । अनेकौँ मान्छेहरु कैयौँ सपना र पैसा टिप्ने आशमा आफ्ना अनेकौँ रहरहरु मारेर यहाँभित्र जिन्दगी गुजारिरहेका छन् । म आफै सोच्ने गर्थे, यो झिलिमिली सहरभित्र रङ्गिन मेरा सपनाहरु छिनभरमै पूरा हुन्छन् । जिन्दगी रङ्गिन बन्नेछ । यिनै भ्रमका सपना बोकेर परदेशी म पनि हँु ।

आज भोगाइमा थाहा भयोकिअरुको भाषा र चालचलन बुझ्न नजान्दा कति कष्टहुन्छ भने र रुपैसाको भारी बोकेर अनगिन्ती रहरहरु पूरा गर्ने यी मेरा सपनाहरु मनभित्रै तुहिएका छन् । यी सोचमै कैयौँ अनिँदै रातहरु बितेका छन् । काम खोज्न भौतारिँदा भौतारिँदै शिथिल भइसकेको छ । एक मन सोच्छ, मैले सोचे जस्तै जिन्दगी र यो बिरानो ठाउँ परदेश भइदिएको भए, आधा भारि पुगिसक्थ्यो होला नि मेरो पनि यहाँ पैसाको ।दिनभरि काम गरेर रातमा ओत लगाउने ठाउँ रहेनछ परदेश । दिनभरिको कमाइले रातमा मज्जाले छाक टार्न नपुग्ने रहेछ परदेशको कमाइले ।

एकदिन काम नहँुदा अर्को दिन मज्जाले बस्न नपुग्ने ठाउँ रहेछ परदेश । साँच्चै म सोच्छु अहिले कति खान्छन्रु कति बचाएर घर खर्च पठाउँछन् होलारुकठै यी परदेशीहरु । पाउरोटिका भरमा दिन टार्ने परदेशीहरुको जीवन नेपालमा बसेर हेर्दा कति मस्ती देखिन्छ है वाह ∕ बिहान छ बजेको आलरामसँगै आँखा मिच्दै काममा पुग्ने यी परदेशिहरु रातको १–२ बजे थकित शरीर लिएरबिस्तरामा फालिन्छन् । नेपालबाट बोकेर हिँडेका ती थानका थान सपनाहरु पूरा गर्ने रहरमै अनिँदै बित्छन् कति रातहरु त ।
परदेशीका खुसीहरु समुद्रको छालजस्तै हुँदारहेछन्। कतिपय समीप आउन नपाउँदै फर्किहाल्छन् । मलाई लाग्थ्यो आकाशमा उड्ने त्यो पहिलो दिन आहा ∕ कस्तो होला त्यो देश । तस्बिरमा देखिएजस्तै सुन्दर होला । मेरा यी अनेकौँ सपनाहरु सजिलै पूरा होलान्। खुसी नै खुसी मिल्ला । दुःख र कष्टहरु पूरै पन्छाइसकेँ। अब तपूरै रङ्गीन होला जिन्दगी। यो सोच अनि यी मनमा खेलेका कुरा जब जहाज चढेर मसँगै माथि माथि पुग्दै आए मेरा सपनाहरु तर अपसोच यो बिरानो ठाउँमा फालेर जसरी त्यो जहाज छुटेर गयो त्यसरी नै छुटेर गए सपनाहरु। मेरा आफन्त त्यो साथीभाइसँगको रमाइलो पल अनि ती खुसी र सुखका दिनहरु । न सोचेजस्तो छ यहाँ न त सम्झेजस्तो छ ।

परदेश कल्पनाभन्दापनिबाहिरको बिरानो ठाउँ सबै बिराना । आँसुले किन्न नसक्ने खुुुुसी, दुःख गरेर पनि कमाउन नसक्ने धनको बिटो रहेछ परदेश । आज आधा सपनाहरु मनभित्र तुहाएर नै झेलिरहेछु परदेशी भूमिमा, थाहा छैन अझै सङ्घर्ष कति गर्नुपर्छ रु सफलता मिल्नका लागि । कमाउने चक्करमा रमाउने आश नै मरिसकेको छ । मेरो यही ठाउँमा कमाउँदा कमाउदै रमाउने दिनहरु बितेरै जान्छन् । सुख र खुुसीहरु आफै विलीन भएर जान्छन् होला है यहीँ। सोच्छु नेपाल फर्किंदा दुःखले झेल्दाझेल्दै गुम्छ होला साहस पनि तर सास मात्रै भएपनि घर पुगोस् ।


लेखक:- अनीता रानाभाट (हाल पोर्चुगल )