अष्ट्रेलियाको टुरिस्ट भिसा सम्बन्धि नियम तथा प्रक्रिया

0
3312

मेलबर्न। अष्ट्रेलिया पढ्नको लागि मात्र नभई घुमघामको लागि पनि सुन्दर देश हो। त्यसैले पनि हरेक वर्ष कैयौंको संख्यामा विदेशीहरु अष्ट्रेलिया घुम्न आइरहेका हुन्छन्। त्यस्तै, अष्ट्रेलियामा रहेका आफ्ना परिवारको सदस्य तथा आफन्तलाई भेट्न आउनेको संख्या पनि उत्तिकै हुन्छ। यहाँ यसरी अष्ट्रेलिया घुम्न तथा भेटघाट गर्न आउनको लागि आवश्यक भिसाको बारेमा चर्चा गरिएको छ।

अष्ट्रेलिया बाहिरबाट आउनेहरुका लागि टुरिस्ट भिसा

अष्ट्रेलियाको भ्रमणका लागि क्रुजमा जानको लागि वा परिवार तथा साथीसंगको भेटघाटका लागि यो टुरिस्ट भिसा लिन सकिन्छ। यसको समय अवधि १२ महिनासम्म रहन्छ । टुरिस्ट भिसा शुल्क न्युनतम १४५ डलर तोकिएको छ।

यो भिसा आवेदन पछि प्रोसेसिङ्ग समय ७५% आवेदकको लागि ४ महिना लाग्छ भने ९०% आवेदकको लागि ५ महिना सम्म लाग्न सक्छ। यो भिसा अन्तर्गत अष्ट्रेलिया आउनेहरु आफ्नो परिवार /आफन्तसंग ३ महिना ,६ महिना देखि १२ महिनासम्म बस्न ,क्रुजमा जान वा बिदा मनाउन पाउँछन्।

अष्ट्रेलियन नागरिकको अभिभावकको हकमा भिसाको समय अवधि थप गर्न पनि सकिनेछ। टुरिस्ट भिसामा अष्ट्रेलिया आउनेहरुले कुनै पनि व्यवसाय सम्बन्धि काम गर्न वा औसधि उपचार गर्न वा जागिर गर्न पाइनेछैन। भिसा आवेदकसंग अष्ट्रेलिया बसाइमा चाहिने रकम प्रसस्त रहेको हुनुपर्नेछ।

स्पोंसर्ड फेमली भिसा

अष्ट्रेलियामा रहेका आफन्त भेट्न जान चाहनेहरुका लागि स्पोंसर्ड फेमली भिसा उपयुक्त हुन्छ। यस अन्तर्गत अष्ट्रेलियामा बसोवास गर्ने व्यक्तिले आफूलाई भेट्न आउने व्यक्तिको भिसा स्पोन्सर गर्नुपर्ने हुन्छ। स्पोन्सर गर्ने व्यक्ति योग्य अष्ट्रेलियन नागरिक वा पर्मानेन्ट रेसिडेन्ट (पीआर होल्डर) हुनुपर्दछ।

स्पोंसर्ड फेमली भिसा शुल्क न्युनतम १४५ डलर लाग्दछ साथै भिसा आवेदकको स्पोन्सरले सेकुरिटी बोन्ड शुल्क पनि तिर्नुपर्ने हुनसक्छ। यो भिसाको समय अवधि १२ महिना सम्मको हुन्छ।

भिसा आवेदन पछि प्रोसेसिङ्ग समय ७५% को ३ महिना लाग्दछ भने ९०% को ६ महिना सम्म पनि लाग्न सक्छ। यस भिसा अन्तर्गत अष्ट्रेलिया आउनेहरु आफन्तसंग भेटघाट गर्न ,क्रुजमा जान, बिदा मनाउन पाउनेछन्।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.