महाधिवेशन २०७८ मंसिरमा गर्ने ओलीपक्षीय केन्द्रीय कमिटीको निर्णय

0
89

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

बालुवाटारमा जारी बैठकले अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण समेत गराइएकाे छ । निकट समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए। घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन्। यस्तै केन्द्रीय समिति हाल थपेर १ हजार ३ जनाको भएपनि पछि ११९९ सदस्यीय बनाइने छ ।