काठमाडौं । फुरनदाना विशेष गरि चिउराबाट बनाइने परिकार हो । साधारण चिउरालाई नुनिलो, पिरो अर्थात् भिन्न स्वाद यसमा दिइन्छ । फ़ुरनदाना चियासंग, कुनै अरु परिकारसंग या मनपराउनेहरुले यत्तिकै फुरनदाना मात्र पनि खान सक्छन् । फ़ुरनदाना तयार गरेर बट्टामा राखेपछि एक महिनासम्म खान सकिन्छ ।
आवश्यक सामग्री
पातलो चिउरा, तेल, मिक्स दालमोठ
बदाम, रातो खुर्सानी, अदुवा
विधि
एउटा भाँडोमा तेल तताउने ।
तेल तातेपछि एउटा ठूलो छान्ने लिने र त्यसमा चिउरा राखेर तेलमा डुबाउने ।
त्यसरी तेलमा तारेको चिउरालाई एउटा भाँडोमा पत्रिका वा न्यापकिन राखेर राख्नुपर्छ । पत्रिका या न्यापकिनले चिउराको बढी भएको तेल सोस्छ र फ़ुरनदान स्वस्थ हुन्छ ।
चिउरा तारिसकेपछी बदामलाई पनि त्यही तेलमा त्यसै गरि नै तार्नुपर्छ ।
बदामलाई अघि तारेको चिउरामा राख्ने ।
त्यसपछि रातो खुर्सानी र अदुवा पनि तारेर राख्ने ।
अब त्यसको तल रहेको पत्रिका या न्यापकिन हटाउनुपर्छ ।
त्यसपछि त्यसमा दालमोठ राखेर राम्रोसंग मिक्स गर्नुपर्छ ।
नुन थप्नुपर्ने महसुस भएमा नुन थपेर मिक्स गर्नुपर्छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.