आजको राशिफल : २०७७ पुष ४ गते (२०२० डिसेम्बर १९) शनिबार

0
90

मेष 

मान प्रतिष्ठा मिल्नेछ । नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ । परिवारमा खुशी छाउनेछ । मनमा शान्ती मिल्नेछ । 

वृष

महत्वाकांक्षा पूरा हुनेछन् । सन्तानका कारण खुशी मिल्नेछ । कुनै नयाँ कामको लागि खर्च बढ्नेछ । 

मिथुन 

आकस्मिक लाभ हुनेछ । सन्तान या माताको स्वास्थ्यले तनाव उत्पन्न हुनेछ । कार्यक्षेत्रमा प्रशंसा र समाजमा सम्मान मिल्नेछ । 

कर्कट 

काममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिहरुको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । मन प्रसन्न रहनेछ ।

सिंह 

कामको सिलसिलामा टाढाको यात्रा हुनेछ । व्यापारमा सफलता मिल्नेछ । परिवारका सदस्यको स्वास्थ्य समस्याले चिन्तित गराउनेछ । 

कन्या 

विदेशीसंगको सम्पर्कले आर्थिक लाभ मिल्नेछ । व्यापार व्यवसायमा निर्णय लिंदा विशेष ध्यान पुर्याउनुपर्ने छ । जीवनसाथीको स्वास्थ्यका कारण तनाव उत्पन्न हुनेछ ।  

तुला 

लगनशीलताका कारण आम्दानी बढ्नेछ । कार्यक्षेत्रमा आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सकिनेछ । इमान्दारीपूर्ण व्यवहारका कारण प्रशंसा मिल्नेछ 

वृश्चिक 

स्वास्थ्यमा गडबड हुनेछ । भावनात्मक रुपमा कमजोर महसुस हुनेछ । प्रेम सम्बन्धमा बाँधिनको लागि आजको दिन राम्रो रहने छैन । 

धनु 

प्रतिष्ठित व्यक्तिहरुको सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । जीवनशैलीमा परिवर्तन आउनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । 

मकर 

धार्मिक कार्यमा सहभागी भइनेछ । प्रशंसा मिल्नेछ । अरुलाई गरिएको सहयोगले आफ्नो प्रतिष्ठा बढ्नेछ ।   

कुम्भ 

आज गरिने सबैजसो प्रयास सफल हुनेछन् । सामाजिक समारोहमा सहभागी भइनेछ । प्रसिद्धि मिल्नेछ । परिवारमा खुशी छाउनेछ । 

मीन 

सहकर्मीको साथ र सहयोग मिल्नेछ । आत्मविश्वास बढ्नेछ । नयाँ कामको सुरुवात गरिनेछ । मान प्रतिष्ठा मिल्नेछ ।