नेपालका चार जना नर्स तथा मिडवाइफ विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा

0
166

काठमाडौं। विश्वका उत्कृष्ट नर्स तथा मिडवाइफ़को सूची सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफ़ – २०२० को सूची सार्वजनिक गरेका हुन्।

विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफ़को उक्त सूचीमा नेपालबाट पनि चार जना पर्न सफल भएका छन्। नेपालबाट २ जना नर्स तथा २ जना मिडवाइफ उक्त सूचीमा पर्न सफल भएका हुन्।

सुचीमा पर्नेहरुमा मिडवाइफ प्रशंसा बुढा लामा र रुकुमणी त्रिपाठी तथा नर्स दुर्गा सापकोटा र सुष्मा योञ्जन रहेका छन् ।

पूरा सुची हेर्नको लागि क्लिक गर्नुहोस् >> https://yonm.org/