अष्ट्रेलिया सरकारद्वारा स्किल्ड रिजनल भिसाका लागि राहतको घोषणा

0
119

मेलबर्न। अष्ट्रेलिया सरकारले स्किल्ड रिजनल भिसा आवेदनकर्ताहरुका लागि राहतको घोषणा गरेको छ। सरकारले रिजनल ८८७ भिसाको लागि राहतको घोषणा गरेको छ।

कोरोना महामारीका कारण कति व्यक्ति अष्ट्रेलिया बाहिर अड्किएका छन् भने कतिले काम पाइरहेका छैनन्। यसलाई मध्येनजर गर्दै सरकारले भिसामा राहत प्याकेज ल्याएको हो।

यो राहत स्किल्ड रिजनल (प्रोभिजनल) (सबक्लास ४८९) भिसा होल्डरहरुका लागि लागु हुनेछ। सबक्लास ४८९ भिसा होल्डरहरुले अष्ट्रेलियाको रिजनल क्षेत्रमा दुई वर्ष बसोवास गरेको र एक वर्ष फुल टाइम काम गरेको भएमा स्किल्ड रिजनल भिसा ( ८७७) को लागि आवेदन दिन पाउँछन्। यो भिसा स्थायी भिसा हो।

राहत प्याकेज :

सबक्लास ४८९ भिसा होल्डर यदि अहिले अष्ट्रेलिया बाहिर अड्किएका छन् भने उनीहरुले सबक्लास ८७७ भिसाको लागि जहाँसुकैबाट पनि आवेदन दिन पाउने भएका छन्। यसको लागि सबक्लास ४८९ भिसापछि रिजनल क्षेत्रमा कम्तिमा ९ महिना फुल टाइम काम गरेको र कम्तिमा १८ महिना बसोवास गरेको हुनुपर्नेछ।

त्यस्तै, अहिले अष्ट्रेलियाको रिजनल क्षेत्रमा नै रहेकाले पनि ८७७ भिसाको लागि आवेदन दिंदा राहत पाउने भएका छन्। यसको लागि ४८९ भिसापछि रिजनल क्षेत्रमा कम्तिमा ९ महिना फुल टाइम काम गरेको हुनुपर्नेछ र दुई वर्षसम्म बसोवास गरेको हुनुपर्नेछ।

यो राहत २०२१ का सुरुवाती महिनाहरुसम्म लागु हुने अनुमान गरिएको छ।