अष्ट्रेलियाको न्यु साउथ वेल्समा समुदाय स्तरमा तीन जनामा संक्रमण पुष्टि

0
88

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा १० हजार ५ सय ८३ जनामा कोरोना परिक्षण गरिएको थियो। तीमध्ये ९ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका ९ मध्ये तीन जना समुदाय स्तरका र बाँकी ६ जना होटल क्वारेन्टिनमा बसिरहेका अन्तर्राष्ट्रिय यात्री हुन्।

समुदाय स्तरका मध्ये एक जना विमानका कर्मचारीहरुलाई एयरपोर्टदेखि होटलसम्म ल्याउने यातायातका कर्मचारी हुन्। उनी ४५ वर्ष उमेरका रहेको बताइएको छ।

अन्य दुई जनामधे एक जना ६० वर्ष उमेरका पुरुष र अर्को एक जना ५० वर्ष उमेरकी महिला हुन्।