क्यान्सर पीडित तुल्सी सापकोटालाइ दमेक समाज जापानको ३ लाख ७१ हजार ८८४ रुपैया सहयोग

0
68

जापान, पौष १

विगत केहि समय देखि स्तन क्यान्सरबाट पीडित बाग्लुङको जैमिनी नगरपालिका २ निवासी तुल्सी सापकोटालाइ दमेक समाज जापानले रु ३ लाख ७१ हजार ८८४ रुपैया सहयोग गरेको छ ।
नेपालबाट जापानमा गई बिभिन्न पेशाब्याबसाय गरेर बसेका दमेकी दाजुभाईहरु र त्यँहा रहेका सम्पुर्ण जापानमा कार्यरत नेपालीहरुबाट संकलित रकम पडितलाई उपचारका लागि हस्त्रान्त्रण गरिएको छ ।

दमेक समाज जापानले नोपलमा आर्थिक अबस्था कमजोर भई उपचारमा समस्या परेकाहरुको सहजताका लागि मानबिय कर्तब्य स्वरुप सहयोग गर्ने गरेको , त्यसरिनै उँहालाई पनि सहयोग गरेको दमेक समाज जापानका कोषाध्यक्ष हरीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बाग्लुङको जैमिनी नगरपालिका २ निवासी तुल्सी सापकोटालाई स्तन क्यान्सर भएको र आर्थिक अभाबमा अहिलेको यो कोरोना भाईसरको माहामारीको समयमा उपचारमा थप समस्या भएको भन्दै जैमिनी नगरपालिका वडा नं २ ले एक सहयोग सूचना जारी गर्दै देश तथा बिदेशमा रहने सम्पुर्णलाई सहयोग गर्न आग्रह गरको थियो ।

स्तन क्यान्सरबाट पीडित महिलाको अहिले चितवनमा रहेको बिपि मेमोरियल क्यान्सर अस्पतालमा उपचार जारी छ । पुर्णरुपमा क्यान्सर निको बनाउन खर्च धेरै लाग्ने भएकोले सहयोगको लागि अपिल गरिएको थियो ।

देश तथा बिदेशमा सहयोग गर्नेहरुले ग्लोबल आए.एम.ई बैक लिमिटेड कुश्मीसेरा शाखामा तुल्सी सापकोटाको नाममा रहेको बैंकको खाता नम्बर ४५०७०१०००४७६६ मा रकम जम्मा गर्न सक्ने बताईएको छ ।