अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यद्वारा अन्तर्राष्ट्रिय यात्रीको परिक्षणमा कडाइ गर्ने तयारी

0
90

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले अन्तर्राष्ट्रिय यात्रुको परिक्षणमा कडाइ गर्ने तयारी गरेको छ। न्यु साउथ वेल्सले सिड्नीको लागि उड्नुभन्दा पहिले नै कोरोना परिक्षणमा कडाइ गर्ने तयारी गरेको हो।

न्यु साउथ वेल्समा अन्तर्राष्ट्रिय यात्रुमा कोरोना संक्रमण देखिंदै आएको छ। त्यस्तै, होटल क्वारेन्टिनका सफाई कर्मचारीमा समेत कोरोना संक्रमण सरेको पुष्टि भयो।

न्यु साउथ वेल्स सरकारले संक्रमण सर्ने जोखिमलाई न्यूनीकरण गर्नको लागि यात्रु मात्र नभएर एयरक्रियुको पनि कोरोना परिक्षणमा कडाइ गर्नको लागि नयाँ नियम ल्याउने तयारी गरिरहेको बताइएको छ।