अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

0
58

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका पाँचै जना अन्य देशबाट आएर होटल क्वारेन्टिनमा बसिरहेका व्यक्तिहरु हुन्।

मंगलबार बिहानको अपडेट अनुसार, न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा संक्रमण सर्नेको संख्या शुन्य रहेको छ।