अष्ट्रेलियाको लागि उडे सन्दीप, क्वारेन्टिनमा बस्नुपर्ने भएकाले सुरुवाती छ खेल खेल्न नपाउने

0
87

काठमाडौं। नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने सोमबार अष्ट्रेलियाको लागि उडेका छन्। उनी बिग बास लिग (बिबिएल) क्रिकेट खेल्नको लागि अष्ट्रेलिया प्रस्थान गरेका हुन्।

बिग बास लिग गत बिहीबारदेखि सुरु भइसकेको छ। सन्दीप भने अष्ट्रेलिया पुगिसकेपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ। जसले गर्दा उनले लिगका सुरुवाती छ खेल खेल्न नपाउने भएका छन्।

बिग बास लिगमा यसअघिको सिजनमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीप यसपाली भने होबार्ट हुरिकेन्ससंग आबद्ध भएका छन्। जारि बिग बास लिगको हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

फोटो स्रोत : फेसबुक