अष्ट्रेलियाको न्यु साउथ वेल्स सरकारले सबक्लास ४९१ भिसा प्रोसेस फेब्रुअरीदेखि शुरु गर्ने

0
142

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सरकारले सबक्लास ४९१ भिसाको प्रोसेस आगामी फेब्रुअरी महिनादेखि शुरु गर्ने भएको छ। अष्ट्रेलियाको गृह विभागले कोटा छुट्टाइदिएपछि न्यु साउथ वेल्सले २०२१ फेब्रुअरीदेखि प्रोसेस शुरु गर्ने जनाएको हो।

न्यु साउथ वेल्सका ‘रिजनल डेभलपमेन्ट अष्ट्रेलिया’ अन्तर्गतका कार्यालयहरुले भिसा प्रोसेस अगाडी बढाउने छन्। ती कार्यालयहरु न्यु साउथ वेल्समा सिड्नी र सेन्ट्रल कोस्टमा समेत गरेर तेह्र वटा रहेका छन्।

सरकारले कोटा छुट्टाएपनि न्यु साउथ वेल्सले कति कोटा पाएको छ भन्ने सार्वजनिक भएको छैन। तर ४९१ भिसा प्रोसेसमा कोरोना महामारीको असरबाट बाहिर निस्कन सहयोग गर्ने पेशाहरुलाई प्राथमिकतामा राखिने बताइएको छ।

Source : SBS News