ओसियाना नेपाली स्पोर्ट्स मिटको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

0
69

क्यानबेरा। ओसियाना नेपाली स्पोर्ट्स मिटको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट डिसेम्बर ५ मा साधारणसभा सम्पन्न भएको हो।

ओसियाना नेपाली स्पोर्ट्स मिटले हरेक दुई वर्षमा खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ। जसलाई यहाँ बसोवास गर्ने नेपाली समुदायको लागि ओलम्पिक प्रतियोगिताको रुपमा लिने गरिन्छ। तर यसपाली कोरोना महामारीका कारण प्रतियोगिता बिना नै भर्चुअल रुपमा साधारण सभा सम्पन्न गरिएको हो।

साधारण सभा मार्फत आगामी कार्यकाल २०२०-२२ को लागि नयाँ कार्यसमिति समेत चयन गरिएको थियो। जसअनुसार, अध्यक्षमा आशिष सापकोटा र उपाध्यक्षमा न्यु साउथ वेल्सबाट अजय क्षेत्री, भिक्टोरियाबाट तारा गैरे, क्विन्सल्याण्डबाट अमित लोहनी, तास्मानियाबाट पुनम पन्त, साउथ अष्ट्रेलियाबाट सुपक अधिकारी, वेस्टर्न अष्ट्रेलियाबाट दावा शेर्पा, नर्थन टेरिटोरिबाट गुञ्जन उपाध्याय, न्युजिल्याण्डबाट केश गुरुङ चयन हुनुभएको छ।

त्यस्तै, कोषाध्यक्षमा अमुल केसी, पब्लिक अफिसरमा अञ्जना सिंह श्रेष्ठ चयन हुनुभएको छ भने सदस्यहरुमा प्रमिला थापा, प्रेम राज उप्रेती, प्रदीप पोखरेल, सन्तोष अधिकारी, दीपक बस्नेत, रविन कार्की र दिनेश खड्का चयन हुनुभएको छ।

आगामी कार्याकालको लागि स्पोन्सरसिप तथा फन्ड संयोजकमा खुश्बु पुष्पा न्यौपाने, डकुमेन्ट कन्ट्रोलरमा राजु अधिकारी, सचिवालय संयोजकमा विनोद घिमिरे, इभेन्ट संयोजकमा जीवन कुमार घिमिरे, आइसीटि सपोर्टमा भुवन उप्रेती, सांस्कृतिक संयोजकमा सविना शर्मा थापा, मेडिकल संयोजकमा पवन प्याकुरेल, मिडिया संयोजकमा आशिष पोखरेल र खेलकुद संयोजकमा सुदिप दाहाल रहने हुनुभएको छ।

यसैगरी संस्थाको संरक्षकमा दुर्गा कंडेल, विष्णु हमाल, जविन श्रेष्ठ, जोग लिम्बु, मधु पोखरेल, हरि खड्का, अभिमन्यु केसी रहनुहुनेछ भने सल्लाहकारमा क्यापिटल टेरिटोरिबाट आदर्श जंग पाण्डे, प्रेम चौधरी र चुडामणि सापकोटा, न्यु साउथ वेल्सबाट सुवर्ण शर्मा र राजु मानन्धर, भिक्टोरियाबाट राम गुरुङ, बम योञ्जन र राज शर्मा, क्विन्सल्याण्डबाट अमृत पौडेल, तास्मानियाबाट नवराज मुडभरी र प्रकाश उप्रेती, साउथ अष्ट्रेलियाबाट विजय जोशी र थिर गुरुङ, वेस्टर्न अष्ट्रेलियाबाट डा मणि नाथ पनेरु र चुरामणि लामिछाने, नर्थन टेरोटोरिबाट युवराज पन्त, न्युजिल्याण्डबाट पवन पौडेल र सन्तोष शांदारी रहने हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष आशिष सापकोटाले आगामी दुई वर्षको लागि आफ्नो लक्ष्य प्रस्तुत गर्दै आफ्नो कार्यकालको लागि सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो। यसका साथै कार्यक्रममा संस्थाको हालसम्मको उपलब्धि, अबका योजनाको प्रस्तुति संगै अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहाल रहनुभएको थियो। त्यस्तै, न्यु साउथ वेल्सका लागि महावाणिज्यदूत दीपक खड्का, भिक्टोरियाका लागि महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएनए अष्ट्रेलिया अध्यक्ष केशव कंडेल, क्यानबेराका नेपाली समुदायका सामाजिक अगुवा डा कृष्ण हमाल अतिथिको रुपमा रहनुभएको थियो।