अष्ट्रेलियामा महामारीले पनि धेरै असर गर्न नसक्ने पेशाहरुको सुची सार्वजनिक

0
62

मेलबर्न। अष्ट्रेलियामा कठीन परिस्थितिबाट पनि छिट्टै उठ्न सक्ने अर्थात महामारीले पनि धेरै असर गर्न नसक्ने पेशाहरुको सुची सार्वजनिक भएको छ। अष्ट्रेलियाको नेशनल स्किल कमिसनले कोरोना महामारीका कारण निम्तिएको हालको परिस्थितिको अध्ययन गर्दै उक्त सुची सार्वजनिक गरेको हो।

नेशनल स्किल कमिसनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, विशेषगरी स्वास्थ्य क्षेत्र, कन्स्ट्रक्सन क्षेत्र, शिक्षा क्षेत्र, सामान डेलिभरीका पेशामा महामारीले ठूलो असर गरेको छैन।

यी हुन् कठीन परिस्थितिमा पनि कम असर पर्ने पेशाको सुचीमा सबैभन्दा माथी रहेका २० पेशा :

१. मेडिकल प्राक्टिस्नर्स
२. स्पीच प्रोफेसनल्स
३. मिडवाइभ्स
४. एज्ड, डिसएबल्ड केयर्स
५. सामाजिक संस्था तथा सामुदायिक कार्यक्रममा काम गर्नेहरु
६. कृषि तथा वन क्षेत्रमा काम गर्ने कामदार
७. डेलिभरी ड्राइभर
८. मनोचिकित्सक
९. स्वास्थ्य तथा समाज सेवा सम्बन्धि व्यवस्थापक
१०. परामर्शदाता, सल्लाहकार
११. सुरक्षा गार्ड
१२. थेरापिस्ट
१३. नर्स
१४. मेडिकल ल्याबमा काम गर्ने वैज्ञानिक
१५. माध्यमिक तहका शिक्षक
१६. स्वास्थ्य विशेषज्ञ
१७. जेनेरलिस्ट मेडिकल प्राक्टिस्नर्स
१८. नर्स म्यानेजर
१९. जनावर सम्बन्धि विज्ञ, ट्रेनर
२०. एम्बुलेन्स सेवामा काम गर्नेहरु