अष्ट्रेलियाको क्विन्सल्याण्डको स्किल्ड माइग्रेसन प्रोग्राम हालका लागि स्थगित

0
82

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको माइग्रेसन विभागले बिजनेस एण्ड स्किल्ड माइग्रेसन प्रोग्राम हालका लागि स्थगित गरेको जनाएको छ। विभागले आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको हो।

वेबसाइटमा जनाइएअनुसार, गत २९ सेप्टेम्बरदेखि ५ अक्टोबरसम्म आएका एप्लिकेसनमाथिको कामकारबाही अझै बाँकी छ। जसले गर्दा केही समयको लागि बिजनेस एण्ड स्किल्ड माइग्रेसन प्रोग्राम रोकिएको हो।

२९ सेप्टेम्बरदेखि ५ अक्टोबरसम्मका ८ सय ५० एप्लिकेसनमाथि कामकारबाही बाँकी छ। अधिकारीहरुले पहिले ती एप्लिकेसनलाई प्राथमिकतामा राखिने जनाएका छन्।

नयाँ एप्लिकेसनको लागि जनवरी २०२१ को अन्तिमबाट मात्र सेवा खुल्ला गरिने बताइएको छ। त्यसमा पनि २५ डिसेम्बर भन्दा अगाडी इन्भिटेसन नपाएकाहरुले नयाँ इओआई बुझाउनु पर्नेछ।

Source : SBS News