सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश

0
180

नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् । बिहीबार बेलुका प्रसारित सेमिफाइनल प्रतियोगितामार्फत साह उत्कृष्ट प्रस्तुति दिँदै फाइनलद राउण्डमा पुगेका हुन्।

सन्तोषले नेवारी खाना योमरीलाई फ्युजन गरेर बनाएको खाना उत्कृष्ट भएपछि उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन् ।

बिहीबारको एपिसोडमा सन्तोषले योमरीसहित निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत इन्डो चाइनिज परिकार र अचार पनि बनाएर खुवाए । 

प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धाको नतिजा १७ डिसेम्वरमा घोषणा हुनेछ।