विवाह गर्न नमानेको भन्दै बोयफ्रेन्ड विरुद्ध गर्लफ्रेन्डले हालीदिइन् मुद्दा

0
76

एजेन्सी। विवाह गर्न नमानेको भन्दै एक महिलाले आफ्नो बोयफ्रेन्ड विरुद्ध मुद्दा हालिदिएकी छिन्। केन्याकी २६ वर्षिया Gertrude Ngoma ले बोयफ्रेन्ड विरुद्ध मुद्धा हालेकी हुन्।

उनी २८ वर्षीय Salaliki संग सम्बन्धमा रहेको आठ वर्ष पुगेको छ। उनीहरुबाट एक बच्चा पनि जन्मिएको छ। तर आठ वर्ष हुँदा समेत विवाहको कुरालाई आलटाल गरेको भन्दै उनले मुद्दा दर्ता गराएकी हुन्।

मुद्दा दर्ता पछि अदालतमा भएको सुनवाईमा उनले आफ्नो पार्टनरले विवाहको कुरा आलटाल गरिरहेको र अर्कैसंग सम्बन्धमा रहेको शंका रहेको जनाएकी थिइन्। उनले पार्टनरले आफ्नो र बच्चाको भविष्य अनिश्चिततामा राखिदिएको आरोप लगाएकी थिइन्।

जवाफमा उनका प्रेमीले आफू आर्थिक रुपले सबल नभएका कारण विवाहको लागि तयार नभएको बताउंदै Gertrude Ngoma ले आफ्नो वास्ता गर्न छोडेको आरोप लगाएका थिए।

अदालतले यसको लागि तत्काल निर्णय लिनको लागि कुनै कानुनी व्यवस्था नभएकोले आपसमा सरसल्लाह गरेर समस्या सल्टाउन सुझाव दिएको छ।