भिक्टोरिया सरकारले २०० डलर भ्रमण भत्ता शुक्रबारदेखि दिने

0
182

मेलबर्न। भिक्टोरियावासीलाई राज्य सरकारले यसअघि वितरण गर्ने भनिएको भ्रमण भत्ता शुक्रबार, ११ डिसेम्बरदेखि वितरण गर्नेभएको छ।

कोरोना महामारीको प्रभाव न्यूनीकरण गर्ने योजना अन्तर्गत भिक्टोरिया राज्य सरकारले यो योजना समावेश गरेको हो। यो भ्रमण भत्ता भिक्टोरियावासीलाई भौचरको रुपमा प्राप्त हुनेछ र २०० डलरको यो भौचर भिक्टोरिया राज्यभित्र मात्र घुमघामको लागि मान्य हुनेछ।

भौचर शुक्रबार बिहान १० बजेपछि वितरण गरिने बताइएको छ। शुक्रबार १० बजेपछिको पहिलो लटमा ४० हजार भौचर वितरण हुनेछन्। र, पहिलो चरणमा वितरण हुने १ लाख २० हजार भौचर डिसेम्बर १२ देखि जनवरी २२ सम्मको लागि मान्य हुनेछन्।

भौचरको लागि शुक्रबार बिहान १० बजेपछि एप्लाई गर्न सकिनेछ। एप्लाई गर्नको लागि >> https://www.business.vic.gov.au/support