अष्ट्रेलियन क्यापिटल टेरिटोरीवासीलाई सरकारले सपिङ्ग गर्नको लागि हरेक दिन ४० डलर दिने

0
156

क्यानबेरा। अष्ट्रेलियन क्यापिटल टेरिटोरि सरकारले यस क्षेत्रमा बसोवास गर्नेहरुलाई हरेक दिन ४० डलर दिने भएको छ।

सरकारले प्रदान गर्ने ४० डलर नगदमा भने हुनेछैन। क्यापिटल टेरिटोरिवासीलाई सरकारले हरेक दिन डिस्काउन्ट भौचर दिनेछ। त्यो डिस्काउन्ट भौचर एक दिनमा पाँच वटासम्म हुनेछ र एक दिनमा जम्मा ४० डलर बराबर हुनेछ।

यसरी प्राप्त गरेको डिस्काउन्ट भौचर क्यानबेरामा सपिङ्ग गर्दा मान्य हुनेछ। कोरोना महामारीका कारण असर परेको क्यानबेराको बिजनेसलाई सपोर्ट गर्न सरकारले यो योजना ल्याएको हो।

यो योजना ९ डिसेम्बर देखि लागु भइसकेको र हालका लागि २१ डिसेम्बर सम्म लागु हुने बताइएको छ। यो योजनाको लागि सरकारले ५ लाख डलर छुट्टाएको छ।  Register here