ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

0
102

काठमाडौँ । काठमाडौँको बालाजु बाईपास सडक खण्डस्थित डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् ।

नुवाकोट बस्ने २४ वर्षीय रिमजेन लामाले ट्राफिक प्रहरी ट्राफिक प्रहरी जवान दुर्गा प्रसाद यादवलाई दुई हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

ना १५ प ८५०२ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत स्वरुप परिवर्तनमा कारवाही गर्न खोज्दा लामाले ट्राफिक प्रहरी यादवलाई घुस दिन खोजेको ट्राफिक महाशाखाले जनाएको छ ।

आर्थिक प्रलोभनमा पार्न खोजेकोले चालक लामालाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत बालाजुमा बुझाइएको छ ।