अष्ट्रेलियामा वेटर/वेट्रेसको जागिर अन्तर्गत गर्नुपर्ने काम र कमाइ

0
190

वेटरको काम र जिम्मेवारी कम्पनी अनुसार फरक-फरक हुन सक्छ। तर केही यस्ता काम र जिम्मेवारी पनि हुन्छन् जुन प्रत्येक कम्पनीको वेटरको हुन्छ।

एक वेटरमा हुनैपर्ने गुण हुन् लगनशीलता र धैर्यता । यसबाहेक वेटरले एकभन्दा बढी काम एकैचोटी गर्न सक्ने र आफूले पाएको निर्देशन अनुसार काम गर्न सक्ने हुनुपर्छ। ग्राहकलाई सन्तुष्ट पार्ने जिम्मावारी वेटरमाथि रहने हुँदा आफूले काम गर्ने ठाउँको प्रतिष्ठा जोगाउने जिम्मा पनि वेटरकै हुन्छ।

वेटरको खराब व्यवहारले पूरै कम्पनीकै बद्नाम हुन सक्छ। त्यसैले वेटरले आफूले काम गर्ने ठाउँको मेनु बारे राम्ररी बुझ्नुपर्छ जसले गर्दा मेनुमा उपलब्ध खानाबारे ग्राहकलाई राम्ररी बताउन सकिन्छ र ग्राहकलाई पनि मेनुमध्येको खान रोज्न सजिलो हुन्छ।

यसका साथै वेटरले कुन सिटमा बसेको कुन ग्राहकले के अर्डर गर्यो भन्ने कुराको हेक्का राख्नुपर्छ र अर्डर गरे बमोजिमको खाना किचनदेखि ग्राहकको टेबलसम्म पुर्याउनुपर्छ। यदि कोहि ग्राहकले अल्कोहल अर्डर गरेको छ भने सो ग्राहक कानुन बमोजिम अल्कोहल लिन सक्ने उमेरको हो कि होइन भन्ने कुराको ख्याल समेत वेटरले राख्नुपर्ने हुन्छ।

वेटरका मुख्य काम र जिम्मेवारी:

१ – टेबल सफा र आकर्षक राख्ने
२- टेबलको सेट अप चट्ट बनाइ राख्ने
३ – खाना तथा पेय पदार्थको ग्राहकसंग अर्डर लिने , अर्डर किचनसम्म पुर्याउने अनि ग्राहकको चाहना अनुसारको खाना टेबलमा डेलिभर गर्ने
४- पेमेन्टका लागि ग्राहक समक्ष टेबलमा बिल पेश गर्ने, साथै बाँकी पैसा फिर्ता गर्नुपरेको अवस्थामा फिर्ता पनि गर्ने।

अष्ट्रेलियामा वेटरको तलब :

वेटरले अष्ट्रेलियामा प्रति घण्टा औसतमा २२ अष्ट्रेलियन डलर पाउँछ। यो तलब कम्पनीको नियम र काम गर्ने व्यक्तिको कामको अनुभव अनुसार फरक-फरक हुन्छ। १ देखि ४ वर्ष सम्मको सम्बन्धित कामको अनुभव भएको व्यक्तिले योभन्दा धेरै पाउन सक्छ।