अष्ट्रेलियामा आगामी वर्षको जुलाई महिनादेखि अन्तर्राष्ट्रिय उडान सुचारु हुने एयरलायन्सहरुको अनुमान

0
87

मेलबर्न। अष्ट्रेलिया मात्र नभएर विश्वभरका एयरलायन्स कम्पनीहरुका लागि २०२० सबैभन्दा नराम्रो वर्ष रह्यो। यसको प्रभाव २०२१ मा पनि देखिने सम्भावना रहेको छ।

Qantas एयरलायन्सले यो आर्थिक वर्ष (२०२०-२१) मा आफूले ११ बिलियन डलर आम्दानी गुमाउने अनुमान गरेको छ।

एयरलायन्स कम्पनीहरुले २०२१ को बीचतिर देखि भने व्यवसायले केही गती लिनसक्ने आशा लिएका छन्। आन्तरिक उडानमा सिट क्षमता र उडान संख्यामा विस्तारै वृद्धि हुने एयरलायन्सहरुको अनुमान छ।

त्यस्तै, एयरलायन्सहरुले २०२१ जुलाई देखि अन्तर्राष्ट्रिय उडान सुचारु हुने अनुमान गरेका छन्।