आजको राशिफल: २०७७ मंसिर १९ (२०२० डिसेम्बर ४ ) शुक्रबार

0
155

मेष 

नयाँ रोजगारीको बाटो खुल्नेछ । सामाजिक या पारिवारिक जीवनमा निर्दोष हुँदा हुँदै पनि विभिन्न आरोप लाग्न सक्नेछन् । 

वृष 

व्यवसायमा धैर्यता आवश्यक हुनेछ । प्रेमी प्रेमिकाबीच मतभेद उत्पन्न हुनेछ । अशुभ समाचारका कारण मन चिन्तित हुनेछ ।

मिथुन 

नोकरी गर्नेहरुका लागि आजको दिन राम्रो रहनेछ । स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धि समस्या देखिनेछ । व्यवसायमा कडा मिहिनेत गर्नुपर्नेछ ।

कर्कट 

समाजमा प्रतिष्ठा मिल्नेछ । विवाहको चर्चा चल्नेछ । बोली र व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । बसाइसराइ सम्बन्धि प्रक्रियाको काम अल्झीइनेछ । 

सिंह 

भावनात्मक पक्षसंग सम्बन्धित निर्णय लिनको लागि आजको दिन उचित छैन । साझेदारीमा गरिएको काम राम्रोसंग अगाडी बढ्नेछ । आज सकारात्मक सोंचमा केन्द्रित हुनु जरुरि छ । 

कन्या 

व्यापारीहरुले आज प्रशस्त मात्रामा आर्थिक लाभ लिन सक्नेछन् । कार्य क्षेत्रमा नयाँ विचार सिर्जना हुनेछन् । आमाको स्वास्थ्य समस्याले गर्दा मन चिन्तित रहनेछ । 

तुला 

यात्राको सम्भावना रहेको छ । बोली व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । विद्यार्थीहरुका लागि आजको दिन राम्रो रहने छैन ।

वृश्चिक 

कामको सिलसिलामा गरिएको यात्राले सोंचे अनुसारको प्रतिफल दिनेछैन । नयाँ काम सुरु गर्नको लागि आजको दिन उचित रहनेछैन । सम्बन्धहरुमा समेत चिसोपन देखिनेछ ।

धनु 

नयाँ व्यापार तथा सम्झौता गर्नको लागि आजको दिन राम्रो रहेको छ । आर्थिक लाभ मिल्नेछ । महत्वपूर्ण कार्यक्रममा सहभागी भइनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । 

मकर 

आज गरिएको सम्झौताले भविष्यमा राम्रो प्रतिफल दिनेछ । परिवारमा शान्ती र खुशी छाउनेछ । आत्मा सन्तुष्टि बढ्नेछ । मिहिनेत अनुसारको सफलता मिल्नेछ । 

कुम्भ 

आजको दिन अत्यन्तै शुभ रहेको छ । हरेकजसो कार्यमा सफलता मिल्नेछ । परिवारमा खुशी छाउनेछ । अनुहारमा कान्ति र मनमा शान्ती छाउनेछ । सम्मान मिल्नेछ । 

मीन 

कामको सिलसिलामा यात्रा गर्नुपर्ने समय छ । प्रतिष्ठित व्यक्तिको सहयोगले काम पूर्ण हुनेछ । मान प्रतिष्ठा मिल्नेछ । परिवारका सदस्यसंग मतभेद हुनसक्ने समय छ ।