मङ्सिर २४ गते पाटन ल्याइदै रातो मच्छिन्द्रनाथ

0
161

ललितपुर – सहकालका देवता रातो मच्छिन्द्रनाथलाई मङ्सिर २४ गते पाटन ल्याइने भएको छ । बुङ्गमतीमा रहेका मच्छिन्द्रनाथलाई पाटन ल्याउनको लागि आज (बिहिबार) बिहान ज्योतिषहरू कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलबजारमा रहेकाे सोह्रखुट्टे पाटीमा बसेर साइत हेर्नु भएको थियो ।

साइत हेर्नका लागि बिहीबार शुभ मानिन्छ । महिनाको हिसाबले पनि मच्छिन्द्रनाथको कुनै पनि काम पुसमा गर्न शुभ मानिँदैन । त्यसैले अधिकांश वर्षमा मङ्सिरमा नै साइत हेरिने गरिएकोले आज साइत हेरिएकोमा मङ्सिर २४ गते शुभ साइत निस्केको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।