अष्ट्रेलियासंग चीनले माफी माग्नुपर्ने प्रधानमन्त्री मरिसनको माग

0
187

मेलबर्न। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले चीनले लज्जास्पद काम गरेको भन्दै माफी माग गरेका छन्। चीनले आफ्नो सरकारी ट्वीटर अकाउन्टमा अष्ट्रेलियासंग सम्बन्धित नक्कली तस्बीर सेयर गरेको भन्दै उनले चीनले माफी माग्नुपर्ने बताएका हुन्।

चीनले आफ्नो सरकारी ट्वीटर अकाउन्टमा राखेको तस्बिरमा एक अष्ट्रेलियाली सैनिकले अफगानी बच्चाको हत्या गरिरहेको देखाइएको छ । यो तस्बिर अष्ट्रेलियाली सैनिकको कथित युद्ध अपराधसँग जोडिएको बताइएको छ।

अष्ट्रेलियाले यो तस्बिरलाई उक्त निराधार अफवाहसँग जोडेर देखाइएको बताएको छ। साथै अष्ट्रेलियाले यो पोस्टलाई ‘दुष्प्रचार’ बताउँदै आफ्ना सबै प्लेटफर्मबाट हटाइदिन ट्विटरलाई अपिल गरेको छ ।