अष्ट्रेलियाको मेलबर्नमा घरभित्र दुई महिला र एक बालकमाथि छुरा प्रहार, एक महिलाको मृत्यु

0
182

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा एउटा घरभित्र दुई महिला र एक बालक गम्भीर घाइते अवस्थामा फेला परेका छन्। जसमध्ये एक महिलाको उपचार प्रयास गर्दा गर्दै निधन भएको छ।

घटना Narre Warren मा सोमबार दिउँसो करिब १ बजेको समयमा भएको हो।

घटनामा घाइते बालक तीन वर्ष उमेरका मात्र रहेको बताइएको छ। उनीमाथि समेत छुरा प्रहारको घाउ छ। तर अहिले उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको बताइएको छ।

त्यस्तै, घटनामा अर्की महिलाको अवस्था गम्भीर रहेको र अहिले अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। घटनाको प्रकृति हेर्दा घरेलु हिंसा हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Source: 7News