अष्ट्रेलियाको फेमली तथा पार्टनर भिसाको लागि अब अष्ट्रेलिया छोड्नु नपर्ने

0
74

मेलबर्न। अष्ट्रेलियाको पार्टनर भिसाको लागि अब अष्ट्रेलिया छोड्नु नपर्ने भएको छ।

अष्ट्रेलियाको फेमली तथा पार्टनर भिसा सकिएपछि फेरी भिसा प्रोसेसमा एक पटक अष्ट्रेलिया छोड्नुपर्ने हुन्छ। तर अहिले कोरोना महामारीका कारण सरकारले यो नियममा परिवर्तन गर्ने भएको हो।

लकडाउन र कोरोना संक्रमण जोखिमका कारण भिसा सकिएका कतिपय व्यक्तिहरु अष्ट्रेलिया छोड्नुपर्ने नियमका कारण अत्तालिएका थिए। सरकारले महामारीमा राहतको रुपमा भिसाको प्रोसेसिङ्गमा अष्ट्रेलिया छोड्नु नपर्ने नियम ल्याएको बताएको छ।

फेमली तथा पार्टनर भिसा संगै चाइल्ड (सबक्लास १०१), एडप्सन (सबक्लास १०२), डिपेनडेन्ट चाइल्ड (सबक्लास ४४५) र प्रोसपेक्टिभ म्यारिज (सबक्लास ३००) भिसाको लागि पनि अष्ट्रेलिया छोड्नुपर्ने छैन।

तर यो नियम २०२१ मा मात्र कार्यन्वयनमा आउने बताइएको छ।