अष्ट्रेलियाको भिक्टोरियामा एक जना कोरोना संक्रमितको निधन

0
172

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक जना कोरोना संक्रमितको निधन भएको छ। कोरोना संक्रमणका कारण भिक्टोरियावासी ७० वर्षिया वृद्धाको निधन भएको हो।

उनलाई जुलाई महिनामा कोरोना संक्रमण देखिएको थियो। सेप्टेम्बरमा उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। तर पूरै निको नभएका कारण कोरोना संक्रमणबाट नै उनको निधन भएको मानिएको स्वास्थ्य विभागले जनाएको छ।

भिक्टोरियामा नयाँ संक्रमितको संख्या भने आज पनि शुन्य रहेको छ। भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लगातार ३१ औं दिन हो।