काठमाडौं। खाना खाँदा खुर्सानी टोकेर खाने बानी धेरैको हुन्छ । कतिपयले त खुर्सानीको वासनाको लागि पनि आफ्नो प्लेटमा हरियो खुर्सानी राख्ने गर्छन् ।
खुर्सानीले स्वास्थ्यमा असर गर्छ भन्ने मान्यताले खुर्सानी नखानेहरु पनि हुन्छन्। तर हरियो खुर्सानीमा भने आफ्नै विशेषता हुन्छन् ।
यस्ता छन् हरियो खुर्सानी खानुका फाइदाहरु :
हरियो खुर्सानीमा भिटामिन ए हुन्छ । जसले गर्दा, हरियो खुर्सानी खानाले आँखा तेजिलो र छाला चम्किलो हुन्छ ।
हरियो खुर्सानीले रगतमा भएको चिनीको मात्रा घटाउन मद्दत गर्छ ।
हरियो खुर्सानीमा हुने फाइबरले पाचन शक्ति बढाइदिन्छ ।
हरियो खुर्सानीमा हुने तत्वले क्यान्सर लाग्ने सम्भावना कम गरिदिन्छ ।
हरियो खुर्सानीले शरीरमा भएको भिटामिनलाई सन्तुलनमा ल्याउन सहयोग गर्छ ।
हरियो खुर्सानीको सेवनले छालामा आउने घाउ खटिरा कम हुन्छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.