के तपाईंको शरीरको कुनै अङ्गमा कोठी छ ? यस्तो छ अङ्ग अनुसार कोठीले दिने फल

0
204

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ । यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् । यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ ।

– निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।

-चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् ।

– दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।

– बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।

– दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ । बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।

-ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।

–  कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।

– गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।

–  दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।

– बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।

-नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।

– दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।

–  कम्मरमा कोठी हुने रोगी हुन्छन् ।

– पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।

– दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।

– बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

-दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।