अफगानिस्तानमा कार बम आक्रमणमा २६ जना सुरक्षाकर्मीको मृत्यु

0
87

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातका अनुसार २६ जनाको मृत्यु भएको छ र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको छ। मृतक एवं घाइतेहरु सबै सैनिक रहेका छन् ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको गाडी सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिनुभएको छ।

याे आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।