काठमाडौं । चटामरी नेवारी खाजाको परिकार हो । नेवारी पिज्जा समेत भनिने चटामरी तेलबिना नै बनाइने हुँदा स्वस्थबर्द्धक हुन्छ ।
चटामरी घरमै सजिलो तरिकाले बनाउन सकिन्छ ।
चाहिने सामाग्रीहरु:
१. पानी
२. ३ वटा अण्डा
३. ३०० ग्राम किमा गरिएको कुखुराको मासु
४. चामलको पिठो
५. मसिनो गरि काटिएको धनिया, प्याज, टमाटर
६. सानो सानो गरि काटिएको हरियो खुर्सानी
७. स्वाद अनुसारको नून
८. लसुन, अदुवाको पेस्ट
९. जिरा र धनिया पाउडर
बनाउने तरिका:
- एउटा भाडामा पिठो खन्याउने।
- अनि यसमा अलि अलि पानी राख्दै ३/४ मिनेटसम्म हातले फिट्ने । अलि पातलो बनाउने , धेरै बाक्लो पनि नबनाउने। यसरी चटामरीको ब्याटर तयार हुन्छ ।यो सललल बग्ने हुनुपर्छ ।
- कुखुराको किमा एउटा भाडामा हाल्ने ।
- यसमा मसिनो गरि काटिएको प्याज राख्ने । त्यसपछि टमाटर, धनिया, लसुन, अदुवाको पेस्ट, स्वाद अनुसारको नून, जिरा र धनिया पाउडर, हरियो खुर्सानी र ३ वटा अण्डा राखी मासुमा राम्रोसंग मिसाउने , यसरी किमा तयार हुन्छ ।
- एउटा प्यान सानो आगोमा बसाल्ने ।
- चटामरीको ब्याटरलाई चलाउने । कचौराले बिस्तारै प्यानमा चटामरीको ब्याटर राख्ने ।
- त्यस माथि किमालाई राख्ने र बिचमा अर्को अण्डा राख्ने र नून हाल्ने ।
- त्यसपछि केहि धनीयाको पत्ता छरेर चतामरिलाई छोप्ने ।
- सानो आगोमा ७/८ मिनेट पकाउनुहोला । छोपेर पकाउदा मासु पनि राम्रोसंग पाक्छ ।
- अब चटामरी तयार हुन्छ ।