आफ्नो पहिरन अनुसार यसरि छनोट गर्नुहोस् भित्री वस्त्र ( ब्रा )

0
316

काठमाडौं । व्यक्तित्व आकर्षक बनाउनको लागि आकर्षक पहिरनको आवश्यकता हुन्छ । आकर्षक पहिरन तथा आकर्षक पहिरनको लागि ब्रान्डेड लुगा, महँगो लुगा लगाउने गरिन्छ । तर त्यो लुगासंगै लगाइएको भित्री वस्तु राम्रो छैन, पहिरन सुहाउँदो छैन भने व्यक्तित्व आकर्षक देखिनुको ठाउँमा झन् कमजोर देखिन्छ ।

भित्री वस्त्र अर्थात् ब्रा लगाउँदा आफूले लगाइरहेको लुगा कस्तो डिजाइनको छ, आफ्नो शरीरको आकार कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ । पछिल्लो समय पछाडी धेरै गला काटेको ब्लाउज, कुर्ता फेशनमा छ । त्यस्ता लुगा लगाउँदा कतिपय महिलाको पछाडीबाट ब्रा देखिइरहेको हुन्छ । यस्तो अवस्थाको लागि पछाडीको भाग नभएको, शरीरमा टाँसेर लगाउन मिल्ने ब्रा पाइन्छ ।

अहिले अफ-सोल्जर टप्स, टिसर्ट पनि ट्रेन्डमा छ । अफ सोल्जर लुगामा माथी काँधको भाग हुँदैन । यसले गर्दा ब्राको फित्ता देखिन्छ । त्यसैले यस्तो लुगा लगाउँदा ‘स्ट्राप लेस ब्रा’ अर्थात माथीको फित्ता नभएको ब्रा लगाउन सकिन्छ । यस्तो ब्रा फिटिंग लुगा लगाउँदा, हल्टर नेक सहितको लुगा लगाउँदा पनि उपयुक्त हुन्छ ।

https://youtu.be/PwVLwC3ZfDU

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus