पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ चाहिँ नभनून्: डा. भट्टराई

0
80

काठमडौं । काठमाडौं, जनकपुर, पोखरा, धनगढी, विराटनगरलगायतका सहरमा ‘राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, हिन्दु राज्य कायम गर र संघीयता खारेज गर’जस्ता संविधानका मूल विशेषतामाथि नै प्रश्न उठाउने गरी नाराबाजी भइरहेको छ ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व राजा र राजावादीहररुले राष्ट्रवादी भन्नु नसुहाउने तर्क गरेका छन्।

उनले लेखेका छन् , ” पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्।नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्! “