साउथ अष्ट्रेलियामा मंगलबारदेखि फेरिंदैछन् लकडाउनका यी नियम

0
78

एडलेड। साउथ अष्ट्रेलियामा हालको लकडाउन छिट्टै खुकुलो हुनेभएको छ। साउथ अष्ट्रेलियामा जारी लकडाउन आगामी मंगलबार अर्थात् डिसेम्बर १ देखि खुकुलो हुनेभएको हो।

डिसेम्बर १ देखि साउथ अष्ट्रेलिया र भिक्टोरिया बीचको बोर्डर खुल्ला हुनेछ। साथै अष्ट्रेलियामा लकडाउन पनि खुकुलो हुनेछ।

मंगलबारदेखिका नियम :

  • बाहिर एक जना बराबर दुई वर्ग मिटर ठाउँ हुनुपर्नेछ।
  • घरभित्र एक जना बराबर चार वर्ग मिटर ठाउँ हुनुपर्नेछ।
  • श्रद्धान्जली सभा र निजी समारोहमा १५० जनासम्म भेला हुन सकिनेछ।
  • विवाहमा नाच्नको लागि र उभिएर पार्टीमा सरिक हुन अनुमति हुनेछ।
  • एक हजार जना भन्दा बढी भेला हुनुपर्ने ठाउँ र नाइटक्लबको लागि साउथ अष्ट्रेलियाको स्वास्थ्य विभागको मापदण्ड अनुरुप व्यवस्थापन हुनुपर्नेछ।
  • डेढ मिटरको दूरी राख्न नसकिने अवस्थामा अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ।