घरमै यसरी बनाउनुहोस् मेहन्दी

0
546

काठमाडौं । नारीका सोह्र श्रृंगारमा मेहन्दी पनि उल्लेख गरिएको छ । मेहन्दीलाई शुभ कामको प्रतिकको रुपमा पनि लिने गरिएको छ ।

मेहन्दीलाई जीवनका साथ परिवारमा प्रेम र स्नेहको प्रतिकको रुपमा लिने संस्कृति रहेको छ ।कतिपयले हातमा वा खुट्टामा लगाइएको मेहन्दीको रंगको अवस्थाले प्रेमी प्रेमिका वा पतिपत्नीबीचको सम्बन्धलाई दर्शाउने बताउने पनि गरेका छन् ।

त्यस्तै असारमहिनामा खेतबारीको काम सकिएसँगै फुर्सदको समय हुने र त्यस समयमा शरीरलाई राम्रो र आकर्षक राख्नका लागि मेहन्दीको प्रयोग गर्न थालिएको हो ।

अहिले मेहन्दीका विभिन्न डिजाइनहरु प्रचलनमा रहेको पाइन्छ । यस्ता डिजाइनहरुको तस्वीरसहित मेहन्दी लगाउनेहरु विभिन्न स्थानमा भेटिने गरेका छन् ।

खासगरि अहिले अरविक र व्राइडल डिजाइन वढी चल्तीमा छ । पछिल्लो समय गोल्डेन अरविक, लेटेस्ट अरविक, सुपर्व हिना युवतीहरुले रुचाएको पाइन्छ । भारतमा विशेषगरि कर्माचौथ, विवाह, श्रावण लगायतमा फरक फरक डिजाइनका मेहन्दीको प्रयोग गर्ने गरिएको पाइन्छ ।

कसरी बनाउने मेहन्दी ?

मेहन्दी घरमै पनि बनाउन सकिन्छ । मेहन्दीका लागि मेहन्दीको एक रुखका पातलाई पिसेर पनि यसलाई बनाउन सकिन्छ । तिउरीमा फर्सिको फूल, सिमीको पाता मिसाएर मेहन्दी घरमै पनि बनाउने गरिन्छ ।

तर यो झन्झटिलो हुने भएकाले आजभोलि युवतीहरुले तयारी अवस्थामा कोनमा पाइने मेहन्दीको बढी प्रयोग गर्ने गरेका छन् । मेहन्दीलाई गाढा लाग्ने बनाउन विभिन्न केमिकलको प्रयोग हुने भएका करण यस्तो मेहन्दीको सट्टा घरमै बनाइएको मेहन्दीको प्रयोग राम्रो हुन्छ ।

यसरी तयार पार्नुहोस्

–मेहन्दीको धूलोलाई मलमलको कपडाले दुई तीन पटकसम्म चाल्ने

–चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घन्टाजति भिजाउने ।

मेहन्दीको तेल केही थोपा मिसाउने । यसो गर्दा मेहन्दी गाढा बस्छ ।

त्यसपछि तयार भएको मेहन्दीलाई लगाउन मिल्ने गरि तयार गरिएको प्लास्टिकको कोनमा भर्ने र आफूले चाहेको आकृति अनुसार हात वा शरीरका विभिन्न भागमा भर्ने ।