अमेरिका इज ब्याक : बाइडेन

0
137

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो आगामी टोलीमा रहने ६ महत्वपूर्ण सदस्यको घोषणा गरेका छन्।

‘अमेरिकी इज ब्याक। अमेरिकी विश्वको अगुवाइको लागि तयार छ। ऊ आफ्नो जिम्मेवारीबाट पछि हट्नेछैन’, उनले भने।

नेशनल इन्टेलिजेन्सका निर्देशकको पदका लागि एवरिल ह्यान्सको नाम उठेको छ । यदि यो कुरा पुष्टि हुने हो भने उनी इन्टेलिजेन्स विभाग सम्हाल्ने देशकी पहिलो महिला हुनेछिन् । 

होमल्याण्ड सिक्योरिटी विभागका नयाँ बस एलेजान्ड्रो मेयोरकास हुनेछन् । डोनल्ड ट्रम्प सत्ताको हस्तान्तरणको प्रक्रियाको विषयमा सहमत भएका छन् र सिक्रेट इन्टेलिजेन्सको समूहले उनलाई अब जानकारी प्रदान गर्न सक्नेछ ।