
मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा १६ हजार ४ सय ९ जनामा कोरोना परिक्षण गरिएको छ। जसमध्ये कसैमा पनि संक्रमण देखिएको छैन।
त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमितको संख्या समेत शुन्य रहेको छ।
भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लागातर २६ औं दिन हो भने सक्रिय सक्रमितको संख्या शुन्य रहेको आज दोस्रो दिन हो।