अष्ट्रेलियाको न्यु साउथ वेल्सको ४९१ भिसाको लागि न्यु साउथ वेल्स बाहिर बस्नेले पनि एप्लाई गर्न पाउने

0
148

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सरकारले ४९१ भिसा अन्तर्गतको नियममा परिवर्तन गरेको छ। परिवर्तित नियम अनुसार, न्यु साउथ वेल्स राज्य भन्दा बाहिर बस्नेहरुले पनि अब भिसाको लागि एप्लाई गर्न पाउनेछन्।

न्यु साउथ वेल्स बाहिर बस्ने र न्यु साउथ वेल्सको ४९१ भिसाको लागि एप्लाई गर्न चाहनेहरुका लागि तीन सर्त राखिएको छ। ती ३ सर्त मध्ये एउटा सर्तभित्र पर्न सक्ने व्यक्तिले भिसाको लागि एप्लाई गर्न सक्नेछन्।

  • अन्य राज्यमा गरेको काम र अनुभव न्यु साउथ वेल्सको नोमिनेसन लिस्टमा भएको पेशाभित्र पर्नुपर्नेछ। र, न्यु साउथ वेल्स राज्यको कुनै संस्था या कम्पनीबाट कामको अफर आएको हुनुपर्नेछ।
  • अष्ट्रेलिया भन्दा बाहिर बसेको भएमा सम्बन्धित काममा पाँच वर्षको अनुभव हुनुपर्नेछ र त्यो काम न्यु साउथ वेल्सको नोमिनेसन लिस्टमा भएको पेशाभित्र पर्नुपर्नेछ।
  • परिवारको सदस्य न्यु साउथ वेल्समा बसोवास गरिरहेको हुनुपर्नेछ र आफ्नो काम नोमिनेसन लिस्टमा भएको पेशाभित्र पर्नुपर्नेछ।

विस्तृत जानकारीको लागि >> SBS News