अष्ट्रेलियाको एक समुद्री किनारमा भेटियो २६ वर्ष अगाडी हराएको वालेट

0
387

सिड्नी। अष्ट्रेलियाको एक समुद्री किनारमा २६ वर्ष अगाडी हराएको वालेट भेटिएको छ। न्यु साउथ वेल्सका एक व्यक्तिको वालेट हराएको २६ वर्ष पछि फेला परेको हो।

उक्त वालेट भित्र बैंकका कार्ड र ५ डलरको नोट समेत रहेको छ।

सन् १९९४ को न्यु इयर इभमा Paul Davis साथीहरुसंग रमाइलो गर्नको लागि coastal town पुगेका थिएँ। त्यहाँ उनको वालेट हराएको थियो।

अहिले २६ वर्ष पछि, केही दिन अगाडी त्यहींका स्थानीयले उक्त वालेट भेटेर फेसबुकमा फोटो राखेका थिए। उक्त फोटो Paul Davis का आफन्तले देखेपछि उनलाई खबर गरिदिएका थिए। उक्त वालेट रियुनियन (पुनर्मिलन) स्वरुप सानो कार्यक्रम गरी उनलाई दिइने बताइएको छ।