साउथ अष्ट्रेलियाको लागि भिक्टोरियाको बोर्डर आज रातीदेखि बन्द हुने

0
133

मेलबर्न। अष्ट्रेलियामा कोरोना महामारी नियन्त्रणको लागि राज्यहरुले एक-आपसका बोर्डर बन्द गर्दै आएका छन्। पछिल्लो समय संक्रमण नियन्त्रणमा देखिएसंगै राज्यहरुले बोर्डर खोल्न थालेका छन्। तर साउथ अष्ट्रेलियामा कोरोना महामारीको दोस्रो लहर देखिएपछि फेरी बोर्डर बन्द हुन थालेका छन्।

भिक्टोरियाले साउथ अष्ट्रेलियाको लागि बिहिबार राती ११:५९ देखि लागु हुनेगरि बोर्डर बन्द गर्ने भएको छ। बिहिबारको पत्रकार सम्मेलनमा भिक्टोरियाका प्रिमियर डानियल एन्ड्रयुले उक्त घोषणा गरेका हुन्।

घोषणा गरीएअनुसार, इमर्जेन्सी सेवा तथा अवस्थाका व्यक्ति बाहेक अन्य सबैको लागि बोर्डर बन्द रहनेछ । यो नियम ४८ घण्टाको हो।

त्यसपछि २१ नोभेम्बर पछि ‘परमिट सिस्टम (अनुमति व्यवस्था) ‘ लागु गरिने बताइएको छ।