अमेरिकामा कोरोना भाइरसका कारण प्रत्येक एक मिनेटमा एक जनाको मृत्यु

0
143

एजेन्सी। अमेरिकामा कोरोना भाइरस संक्रमणको स्थिति भयावह भइरहेको छ। Johns Hopkins युनिभर्सिटीले संकलन गरिरहेको तथ्यांक अनुसार, अमेरिकामा कोरोना भाइरसका कारण प्रत्येक एक मिनेटमा एक जनाको मृत्यु भएको छ।

अमेरिकामा कोरोना महामारी सुरु भएयता पछिल्लो १० महिनामा कोरोना संक्रमणका कारण २ लाख ५० हजार जनाको मृत्यु भइसकेको छ। गत मंगलबार मात्रै १ हजार ७ सय ७ जनाको मृत्यु भएको थियो। मे महिना यता कोरोना संक्रमणका कारण एकै दिनमा मृत्यु भएकाको संख्या यो सबैभन्दा बढी हो।

Johns Hopkins युनिभर्सिटीको अध्ययनले यो स्थिति अझ भयावह हुनसक्ने अनुमान गरेको छ। उक्त अध्ययन अनुसार, तीन हप्ता पहिलेसम्म एक दिनमा नयाँ संक्रमितको संख्या ७० देखि ८० हजार सम्म थियो भने अहिले एकै दिनमा १ लाख ५५ हजारसम्म नयाँ संक्रमित थपिन थालेका छन्।