अष्ट्रेलियाको न्यु साउथ वेल्समा आज २० हजार जनामा कोरोना परिक्षण, ५ जनामा संक्रमण पुष्टि

0
159

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा आज अर्थात बिहिबार बिहानसम्म पछिल्लो २४ घण्टामा २० हजार १ सय ६० जनामा कोरोना परिक्षण गरिएको छ।

कोरोना परिक्षण गरिएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका पाँचै जना अन्य देशबाट आएर होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्।

न्यु साउथ वेल्समा पछिला दिनमा समुदाय स्तरमा कोरोना संक्रमण शुन्य देखिएको छ।