अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लगातार बीसौं दिन

0
152

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ। भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लगातार बीसौं दिन हो।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा १७ हजार १ सय ६१ जनामा कोरोना परिक्षण गरिएको थियो।

त्यस्तै, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या तीन मात्र रहेको छ।