भ्याटमा बहुदर कायम गर्नुपर्ने व्यवसायीहरूको माग

0
150

नेपालमा रहेका व्यवसायीहरूले भ्याटमा बहुदर अर्थात दुईवटा दर कायम गर्नुपर्ने माग गरेका छन् । यो विषयमा व्यवसायीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि कुरा उठाइसकेका छन् । अहिले नेपालमा एउटै मात्र भ्याटको दर १३% छ ।

मूल्य अभिवृद्धि कर अप्रत्यक्ष करको सबैभन्दा वैज्ञानिक कर प्रणाली हो।

व्यापारीले खरिद वा आयात गर्दा तिरेको कर, बिक्रीमा लिएको कर कटाइ बढी सङ्कलन गरेको भए सरकारलाई बुझाउनुपर्दछ । आफूले खरिदमा तिरेको कर भन्दा बिक्रीमा जम्मा गरेको कर कम भएमा सरकारसँग फिर्ता माग्न पाइन्छ । तर उपभोक्ताले कर घटाउन पाउँदैनन् । त्यसैले यो कर उपभोक्ताले तिर्ने कर हो ।

तर करको विवरण, सङ्कलन भएको कर रकम हेर्दा मूअकर प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन र कर छल्ने व्यवसायीका लागि मूल्य अभिवृद्धि कर थप कमाउने अवसर बनेको छ।

एकातिर दर्ता हुनुपर्ने व्यवसायी दर्ता भएका छैनन् भने दर्ता भएका व्यक्तिहरूले समेत कारोबारको ५० प्रतिशत पनि बिल नकाट्ने  देखिन्छ। बजारमा मूअकर जोडेर  सामानको  मूल्य लिई केही सरकारलाई बुझाउँछन् अनि अरु बिल काट्दैनन् ।

नेपालमा मूल्य अभिवृद्धि कर अधिकांश व्यापारीहरुका लागि कमाई खाने भाँडो बनेको छ।

विश्वका अधिकांश मुलुकमा मूल्य अभिवृद्धि करको एकल दर रहेको छ । एकभन्दा बढी दर भएका मुलुकहरूले समेत सुधार गरी एकल दर कायम गरिरहेका छन् ।