बंगलादेशमा कोरोना संक्रमण बढ्दो, छ हजारभन्दा बढीको मृत्यु

0
144

एझेन्सी- बंगलादेशमा पछिल्लो समय कोभिड- १९ का संक्रमितहरु बढ्दै गएका छन् ।बंगलादेशमा पछिल्लो २४ घण्टामा १ हजार ८३७ जना संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको संख्या ४ लाख ३२ हजार ३३३ पुगेको छ । यसमध्ये ३ लाख ४३५ जना संक्रमित निको भएका छन् ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ । अर्थात् ६ हजार १९४ जनाको संक्रमणले मृत्यु भएको ।