अष्ट्रेलियाको भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ३ मात्र

0
147

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा १२ हजार १ जनामा कोरोना परिक्षण गरिएको थियो।

त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमितको संख्या आज तीन मात्र रहेको छ। त्यसमा पनि संक्रमण सरेको स्रोत फेला नपरेको केस एउटा मात्र रहेको छ।